×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिदा नपाएका बैंकरको गुनासो- ‘अफिस आइसकेपछि घर फर्किन हाकिमले दिएनन्’  

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बिदा नपाएका बैंकरको गुनासो- ‘अफिस आइसकेपछि घर फर्किन हाकिमले दिएनन्’  

Artha Sarokar

३ मंसिर २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सार्वजनिक बिदाको दिन पनि छुट्टी नपाएको भन्दै प्राइभेट बैंकका कर्मचारीहरुले गुनासो गरेका छन् । सोमबार पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरे पनि छुट्टी नपाएको भन्दै केही बैंकरले गुनासो गरेका हुन् । 

बिदाको निर्णय ढिलो गरि हुँदा कार्यालय पुगेका कर्मचारीलाई हाकिमले ‘आइहाल्नुभयो, काम गर्नुस्’ भनेपछि बिदाको दिन पनि काम गर्न बाध्य भएको एक बैंकका कर्मचारीले गुनासो गरेका छन् । 

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले एक्कासि कार्यालय समय सुरु हुनुभन्दा ठिक अगाडि आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । त्यसबेलासम्म अधिकांश सरकारी कर्मचारी र बैंकर कार्यालय पुगिसकेका थिए भने केही बाटोमै थिए । कार्यालय नपुगेकाहरु सार्वजनिक बिदाको सूचना पाएलगत्तै बाटोबाटै फर्किएका थिए भने कार्यालय पुगेका सरकारी कर्मचारी कार्यालय पुगेर फर्किएका थिए । 

यहाँसम्म की सरकारी बैंकका कर्मचारीहरु पनि कार्यालय पुगेर फर्किएका थिए । तर, केही प्राइभेट बैंकमा आइसकेपछि हाकिमले काम गर्नुस् भनेपछि कार्यालय पुगेकाहरु बिदाको दिन पनि अफिसमा काम गरिरहेका छन् । ‘पहिलो बिदाको सूचना भएन, अफिस आइहाल्यौँ ।’, एक बैंकरले अर्थ सरोकारसँग भने, ‘अफिस आइसकेपछि हाकिमले घर फर्किन दिएनन् । काम गर्दैछौँ ।’

सरकारले सोमबार सार्वजनिक बिदा दिएसँगै सरकारी कार्यालय, विद्यालय, सरकारी संघसंस्था, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगायतका कार्यालयहरु बन्द छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी