काठमाडौँ । पाल्पाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि सम्पदा साइकल यात्रा हेरिटेज राइड गरिएको छ । सम्पदा यात्रामा देशभरका १ सय ५० भन्दा बढी साइकल यात्रीले सहभागिता जनाएका थिए ।
पाल्पा दरबार सङ्ग्रहालय तानसेनबाट सुरु भएको साइकल यात्रा तानसेनका धार्मिक स्थलमा पुगेर रिब्दिकोट्को भैरवस्थान मन्दिर पुगेका थिए । साथै ख्याहाको पर्यटकिय क्षेत्र भ्रमण गरेका थिए । तानसेन १४ को अर्गली दरबार, रुरु ऋषिकेश मन्दिर पुगी, रिडीबाट फर्किएर पर्यटकीय क्षेत्र रानीमहल, देवदत्तपार्क, लिस्ने भीर लगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रको परिक्रमा गरिएको छ ।
साइकल यात्रामा सहभागीलाई तानसेन टुँडिखेलबाट धिमे बाजासहित पाल्पा दरबार सङ्ग्रहालय परिसरबाट यात्रा सुरु भएको थियो । सम्पदा साइकल यात्राको समुद्घाटन गर्दै उद्दोग तथा पर्यटन विकास मन्त्रालयका लुम्बिनी प्रदेशका मन्त्री प्रचण्ड विक्रम न्यौपानेले पाल्पाको पर्यटन प्रर्वद्धनमा सम्पदा यात्राले ठुलो टेवा पुग्नुका साथै पाल्पालाई साइकल हबको रुपमा स्थापित गर्न धेरै सहयोग पुर्याउने बताएका थिए ।
नेपालभर बाट १४ वर्ष उमेर देखी ६५ बर्ष उमेर सम्मका व्यक्तिहरु साइकल यात्रामा सहभागी रहेका पाल्पा साइक्लिङ संघका अध्यक्ष रूपेश महर्जनले जानकारी दिए । साइकल यात्रामा २ जना अपाङ्ग, १ जना महिलाको पनि सहभागिता भएका थिए । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्