काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानको रिहाईको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । मंगलबार बिहान माइतीघरमा रास्वपा समर्थकले प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘रवि दाइलाई रिहाई गर’ लेखिएको प्लेकार्ड बोकेर नाराबाजी गरेका छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका लामिछानेलाई मंगलबार बयानका लागि पोखराबाट काठमाडौँ ल्याइँदैछ । बाँकी तस्विरमा हेर्नुहोस्ः