काठमाडौँ । धरहराको लिफ्ट बिग्रिएको छ । काठमाडौँको सुनधारास्थित धरहरा सञ्चालनमा आएको दुई महिना नबित्दै लिफ्ट बिग्रिएको हो ।
लिफ्ट बिग्रिएपछि धरहरा अनिश्चितकालका लागि बन्द गरिएको सहकारी विकास भवन निर्माण विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरले जानकारी दिएका छन् ।
उनका अनुसार लिफ्ट मर्मत कार्यका लागि धरहरा बन्द गरिएको हो । बिग्रिएको लिफ्ट मर्मत नहुन्जेलसम्मका लागि धरहरा बन्द नै रहने तुलाधरले बताएका छन् । २०७२ सालको महाभूकम्पपछि ढलेको धरहरा पुननिर्माण गरेर ६ वर्षपछि सर्वसाधारणका लागि खुला गरिएको थियो ।
तर, धरहरा सञ्चालनमा आएको दुई महिना पनि नबित्दै लिफ्ट बिग्रिएपछि धरहरा पुनः अनिश्चितकालका लागि बन्द भएको छ । धरहरा बन्द भएपछि धरहरा घुम्न र चढ्न पुगेकाहरु त्यसै फर्किन बाध्य भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्