×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिजेल र मट्टितेलको भाउ बढ्यो, पेट्रोलको भाउ स्थिर

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

डिजेल र मट्टितेलको भाउ बढ्यो, पेट्रोलको भाउ स्थिर

Artha Sarokar

२ मंसिर २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गर्दै डिजेल र मट्टितेलको मूल्य बढाएको हो । 

निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ । योसँगै मूल्य वृद्धि भएका डिजेल र मट्टितेल अब प्रतिलिटर १ सय ५० रुपैयाँदेखि १ सय ५३ रुपैयाँ पर्नेछ । 

शुक्रबार साँझ बसेको निगम सञ्चालक समिति बैठकले बढाएको डिजेल र मट्टितेलको नयाँ मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू भएको छ । निगमले पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने यथावत्‌ राखेको छ । 

अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्नेछ । उपभोक्ताले सुर्खेत र दाङमा प्रतिलिटर १५२ रुपैयाँ तथा काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिटर १५३ रुपैयाँ तिर्नुपर्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी