×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गा प्रसाईंले प्रधानमन्त्रीमाथि लगाएका आरोप झुठो, कागजात किर्ते !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

दुर्गा प्रसाईंले प्रधानमन्त्रीमाथि लगाएका आरोप झुठो, कागजात किर्ते !

Artha Sarokar

४ मंसिर २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएका आरोप झुठो भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । मंगलबार प्रसाईंलाई पक्राउ गरेपछि अनुसन्धान सुरु गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सामाजिक सञ्जालमार्फत प्रसाईंले प्रधानमन्त्री ओलीमाथि लगाएका आरोप झुठो भएको प्रारम्भिक निष्कर्ष निकालेको हो । 

त्यस्तै, प्रसाईंले प्रमाणका रुपमा प्रस्तुत गरेका कागजातहरु पनि कीर्ते गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । 

‘प्रसाईंलाई सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा पक्राउ गरिएको हो ।’, सीआईबीका एक उच्च अधिकारीले भने, ‘प्रारम्भिक अनुसन्धान गर्दा प्रधानमन्त्रीलाई प्रसाईंले लगाएका आरोप झुठा भएको देखिन्छ । कागजात पनि कीर्ते गरिएको प्रारम्भिक निष्कर्ष निकालेका छौँ । थप अनुसन्धान हुँदैछ ।’ 

प्रहरीका अनुसार प्रधानमन्त्री ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको र त्यसको प्रमाण भन्दै प्रसाईंले सार्वजनिक गरेका कागजातमा प्रधानमन्त्रीको नाम र हस्ताक्षर दुवै मिल्दैन । 

प्रसाईंले सार्वजनिक गरेको कागजातमा प्रधानमन्त्रीको नाम अंग्रेजीमा उल्लेख गरिएको छ । तर, प्रधानमन्त्री नागरिकतामा भने ओलीको नाम केपी शर्मा (ओली) छ । यसले पनि प्रसाईंले सार्वजनिक गरेका विवरण फर्जी भएको भन्ने पुष्टि हुने प्रहरीको भनाई छ । यद्यपि उक्त प्रकरणका विषयमा थप अनुसन्धान भइरहेको सीआईबीका एक उच्च अधिकारीले बताएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी