काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक-२०२४’ प्रदर्शनी भईरहेको छ । ११औं संस्करणको ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित उक्त मेला भृकुटीमण्डपमा कार्तिक २९ गतेबाट सञ्चालन आएको हो ।
काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा प्रविधिको नयाँ आयाम, विद्युतिय सामाग्रीमा सुरक्षा र गुणस्तर कायम नारा का साथ उक्त प्रदर्शनी भईरहेको छ ।
प्रदर्शनीमा हल भित्र र बाहिर गरी ८२ वटा प्याभिलियन तथा स्टलहरू रहेका छन् । जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन रहेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्