×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै सुनको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ करोबार ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै सुनको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ करोबार ?

Artha Sarokar

२२ कार्तिक २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै सुनको भाउ ह्वात्तै घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४ हजार रुपैयाँले घटेर एक लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५५ रुपैयाँले घटेर प्रतितोला १९६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ४१ हजार ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीकोमूल्य १६८०.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी