×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाफा बढे पनि हिमालय रिको ईपीएस भने घट्यो (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नाफा बढे पनि हिमालय रिको ईपीएस भने घट्यो (विवरणसहित)

Artha Sarokar

३० कार्तिक २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्सको खुद नाफा बढेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २९.२२ प्रतिशतले बढेको हो । यस अवधिमा कम्पनीले २२ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १०.९५ प्रतिशत बढेको छ भने कुल आम्दानी २२.८० प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको कुल दाबी भुक्तानी समीक्षा अवधिमा १३.७३ प्रतिशत र कुल खर्च १५.६० प्रतिशत बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्ट अनुसार नाफा बढे पनि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको ईपीएस १ रुपैयाँ ३० पैसाले घटेर ८ रुपैयाँ ७१ पैसामा झरेको छ । 

असोज मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०३.५६ गुणा रहेको छ । 

१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको विशेष जगेडामा १ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा १३ करोड २१ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ८१ करोड ९५ लाख रुपैयाँ र अन्य इक्विटीमा ३ करोड १६ लाख रुपैयाँ सञ्चित छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी