काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालकको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर गरिएको रिट खारेज भएको छ । न्यायाधीश डा. कुमार चुडाल र शारङ्गाा सुवेदीको संयुक्त इजलासले उक्त रिट करिब ६ महिनापछि खारेज गरेको हो ।
सर्वोच्चले बैंकका सञ्चालकको योग्यतामाथि प्रश्न उठाउँदै दायर गरिएको रिट खारेज गरिदिएसँगै अब बैंकको सञ्चालकको निर्वाचनको बाटो खुला भएको छ ।
यसअघि चैत २० गतेका लागि तय भएको बैंकको चुनाव अदालतमा मुद्दा परेपछि स्थगित भएको थियो । डा. सापकोटाले बैंकको सञ्चालक समितिको सदस्यका लागि उम्मेदवारी दिएकाहरुको योग्यता नपुग्ने भन्दै अदालतमा रिट दायर गरेका थिए ।
डा. सापकोटाले सर्वोच्चमा दायर गरेको रिटमा नेपाल इन्भेष्टमेन्ट मेगा बैँक लिमिटेड, बैंकको संचालक समिति, संचालक समितिको निर्वाचन गराउन नियुक्त गरिएका निर्वाचन अधिकृत शिव कुमार श्रेष्ठ, बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेसहित संचालकका उम्मेदवारहरु प्रजन्य राजभण्डारी, मुक्तिराज पाण्डे, मदनकुमार आचार्य, बरुण श्रेष्ठ, पर्वतकुमार कार्की र रवि महर्जनलाई विपक्षी बनाइएको थियो ।
रिट खारेज भएर चुनावको लागि बाटो खुला भएसँगै अब सञ्चालकको चुनाव प्रक्रिया शुन्यबाट सुरु हुने भएको छ । तर, चुनाव कहिले गर्ने ? भन्ने विषयमा छिट्टै निर्णय गरिने बैंकका उच्च अधिकारीहरुले बताएका छन् । करिब ६ महिनादेखि बैंकको सञ्चालक समिति चुन्ने बाटो रोकिँदा बैंकका कामकारवाही प्रभावित भएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्