काठमाडौँ । के तपाईंको कर्णाली डेभलपमेन्ट बैंकमा खाता छ ? वा तपाईंले महँगो मूल्यमा कर्णाली विकास बैंकको सेयर किन्नुभएको छ ? यदि छ भने तपाईंका लागि दुःखको खबर छ । कर्णाली डेभलपमेन्ट बैंकमा अव थप पैसा राख्न पाइन्न, झिक्न मात्र पाइन्छ । पैसा झिक्न पनि झिकिहाल्दा राम्रो, किन कि बैंकको स्थिति निकै खराब भइसकेको र केही चमत्कार नभए अव यो बैंक डुब्ने संकेत देखिएको छ ।
नियामक नेपाल राष्ट्र बैंकले अव यो बैंकले थप ऋण दिन नपाउने र जनताको पैसा पनि थप राख्न नपाउनेगरी कारवाही गरेको छ । अर्थात, अव बैंकमा जनताले राखेको पैसा झिक्न मात्र पाउँछन्, थप पैसा राख्न पाउँदैनन् । बैंकले ऋण दिन त पाउँदै पाउँदैन । कारण दिएको ऋणमध्ये आधा ऋण लगभग डुबेको देखिएको छ । खराब गणना नगरिएको कतिपय ऋण पनि जबर्जस्ती सक्रिय बनाइएको छ । ब्याज आएको देखाएर, वा ब्याजमात्र तिर्न लगाएर कतिपय सावाँ डुबिसकेको ऋणलाई खराब कर्जामा गणना गरिएको छैन । सरसर्ती हेर्दा यो बैंक टाँट पल्टिने बाटोमा छ ।
नियामक राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकमा गरेको इन्सपेक्सनका क्रममा बैंकले कम मुल्यांकनको धितो उपर निकै बढी कर्जा दिएको, फेक धितो राखेर ऋण दिएको, ऋण तिर्न नै नसक्नेका नाममा फेक ऋणी खडा गरी ऋण दिएको लगायतका गम्भीर कैफियत भेट्टाएको छ । ऋण लिएका कतिपय त सम्पर्कमै छैनन् । कसैको जग्गा राखेर लिईएको ऋण असुल्न खोज्दा जग्गा नै नभएकोसमेत पाइएको छ । केहि बलिया बाठाले आफ्ना कामदारका नाममा ऋण खडा गरेर पैसा अपचलनसमेत गरेका छन्, जुन पैसा अव फिर्ता आउने कुनै छाँटकाँट छैन ।
राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै कर्णाली डेभलपमेन्ट बैंकको सम्पूर्ण कारोबारमा रोक लगाएको छ । यसको अर्थ अव बैंकमा थप पैसा आउने छैन, भएको पैसा जनताले झिकिरहेछन् । नझिके त्यही पैसा पनि भोलि के हो भन्ने स्थिति छ । यसअघि पनि क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड, कुवेर फाइनान्स लगायतमा यस्तै समस्या देखिएको थियो । केही निक्षेपकर्ताले पैसा पाउन निकै गाह्रो भएको थियो । कर्णालीमा पनि छिट्टै पैसा झिक्नेले त्यो समस्या ब्यहोर्नु नपर्ला, कुर्नेहरुलाई केही गाह्रो अवश्य हुने देखिएको छ । कारण, आउने बाटो छैन, अव सो बैंकलाई कसैले पैसा पत्याउँदैन, जनताले राख्नै मिलेन ।
कर्णाली डेभलपमेन्ट बैंकले अव ऋण दिन पनि नपाउने भएको छ । दिएका ऋणमध्ये आधाउधी ऋण डुब्ने पक्का देखेपछि राष्ट्र बैंकले बैंकमाथि यस्तो डण्डा चलाएको हो । अव ऋण दिन नमिलेपछि ब्याज आम्दानी हुने कुरै भएन । मुख्य बिजनेश नै नभएपछि बैंक तङ्ग्रिने कुरै भएन । भएको कर्जा उठ्ने स्थिति छैन । ऋण लिएकाहरु कोहि भागिसके, कोहि सम्पर्कमै छैनन्, अधिकांश ऋण त उठ्ने गरी दिईएकै थिएन, अर्थात बैंकको आधाआधी ऋण अव उठ्नै नसक्नेगरी फसिसकेको छ । अव न बिजनेश, न पैसा, आम्दानी सुक्को छैन, खर्च कम हुने स्थिति छैन । स्टाफ पाल्नै पर्यो, भाडा तिर्नै पर्यो, कहाँ बाट तिर्ने ? कुन पैसाले तिर्ने ? मुख्य व्यापार ब्याज आम्दानी हुने बैंकमा सोहि आम्दानीको स्रोतमा बिर्को लागेपछि अव कुन पैसाले बैंक चलाउने ? यस्तो अवस्थामा पनि हाकिमहरुको तलव लाखौँ छ, कर्मचारीलाई पनि तलव दिनैपर्यो, पैसा झिकिएको झिकिएकै छ । ऋण लगेकाहरु ऋण तिर्ने नाम नै गर्दैनन् । र त बिगतमा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स डुबेजस्तै, कुबेर फाइनान्स डुबेजस्तै, नेपाल सेयर मार्केट फाइनान्स डुबेजस्तै यो बैंक डुब्ने निश्चितप्राय भइसकेको छ ।
छन त कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले दिन त ६ महिनासम्म सुध्र भनेर समय दिएको छ । तर फसेको ऋण उठेर बैंक कति दिन नै चल्ला र ? यसको सिधा अर्थ हो- राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर टेकओभर गर्नुअघि ऋण उठाउनलाई दिएको समय हो त्यो ६ महिना । अझ सिधा भन्दा तिमीहरुले फसाएको ऋण तिमीहरु नै उठाउ भनेर दिएको समय हो ६ महिना । तर, ६ महिनामा अव सीइओको ६ महिनाको तलव थपिने हो, कर्मचारीको ६ महिनाको थप खर्च बढ्ने हो, घरभाडा र अन्य खर्च ६ महिनासम्म थप हुने हो, बैंक तंग्रिने अवस्था छैन भन्छन् राष्ट्र बैंककै अधिकारीहरु ।

कसरी टाँट पल्टिने बाटोमा पुग्यो कर्णाली डेभलपमेन्ट बैंक ?
यसको सिधा जवाफ छ, बैंकमा संस्थागत सुशासनको हदैसम्मको कमजोर स्थिति । नेपालको मध्य र सुदूर पश्चिमको पहिलो विकास बैंकका रूपमा स्थापित भएको कर्णाली डेभलपमेन्ट बैंकमा यस्ता ’फटाहा’हरु हाबी भए, जसलाई बैंकमा कसरी घोटाला गर्ने भन्ने थाहा थियो, कसरी फेक ऋणी खडा गर्ने भन्ने कुरा थाहा थियो अनि बैंकको रकम कसरी अपचलन गर्न सकिन्छ भन्ने थाहा थियो । डमी ऋणी खडा गर्न, डमी कम्पनी खडा गरेर करोडौँ अरवौं अपचलन गर्ने मास्टरमाइन्डहरु बैंकसम्म पुगे, बैंकको उच्च व्यवस्थापन पनि उनीहरुसँगै मिलिदियो, अनि त के चाहियो ? लुट्नेहरु कागज देखाएर बैंक लुटे, बैंककै मिलेमतोमा फेक धितो राखेर ऋण प्रवाह भयो, कामदारका नाममा ऋण प्रवाह भयो, सो रकम मालिकहरुले अपचलन गरे । कति ठाउँमा जग्गा नै नराखी, जग्गा छ भनेर ऋण दिइयो, कति ठाउँमा १० लाख पनि नपर्ने जग्गाउपर ५० लाख भन्दा बढी ऋण दिइयो । समग्रमा भन्दा ऋण लिने उद्देश्यले नभई बैंक ठग्ने उद्देश्य भएकाहरुलाई बैंकले पत्यायो । बिकट कर्णाली र केन्द्रबाट दूर रहेको सुदूरपश्चिमको बिकासका लागि भनेर खोलिएको बैंकमा माफियाहरुको रहनसहनमात्र बिकास भयो ।
कर्णाली डेभलपमेन्ट बैंकमा यो हदसम्मको मनपरी देखिएको छ कि बैंकका बैंककै उच्च व्यवस्थापन, कर्जा विभागका कर्मचारी, मालपोत कार्यालय र व्यवसायीको मिलोमतोमा नक्कली जग्गाधनी र ऋणी खडा गरी रातारात ऋण प्रवाह गरिएको र सो पैसा आफैंले अपचलन गर्ने गरेकोसमेत राष्ट्र बैंकले फेला पारेको छ । यतिसम्मकि बैंक माफियाको गिरोहले बैंकमा ऋण लिएकाहरुको लिलाम भएको सस्तो जग्गा लेख्न पढ्न नै नजान्नेहरुको नाममा किनेर सोहि जग्गा पुनः बैंकमा राखी जग्गाको मूल्यभन्दा धेरै ऋण लिएर सो रकमसमेत अपचलन गरेको भेटिएको छ ।
कर्णाली डेभलपमेन्ट बैंकमा अरवौंको ऋण अपचलन मात्र भएको छैन, बरु ऋण सोझासाझाको टाउकोमा थोपरिएको छ । बिकट कर्णालीमा बसेर भारी बोकेर खाने, साहुको गाडी चलाएर हातमुख जोड्नेहरुको टाउकोमा करोडौंको ऋणभार थुपरिएको छ । ऋण बोक्नेहरुलाई मेरा नाममा कसले, किन र कहाँबाट ऋण लिएको हो भन्नेसमेत थाहा छैन । कोहि त यस्ता ऋणी पनि छन्, जसले कर्णाली मात्र होइन आजसम्म कुनै पनि बैंक देखेका छैनन् । कोहि यस्ता पनि ऋणी छन्, जो दिनमा केहि सय कमाएर दुई छाकको जोहो गर्छन्, जसले अहिलेसम्म एक लाखको बिटो एकै पटक देखेकासमेत छैनन्, उनीहरुका नाममा करोडौंको ऋण छ । बैंक माफियाहरुले दुई चार हजार घर खर्च दिएर, फकाएर, कसैलाई थर्काएर सोझाका नाममा ऋण झिकाएका छन्, र आफैं चलाएका छन् । कानुनले जसलाई ऋणी देख्छ, उनीहरुसँग केहि छैन । जसले पैसा चलाएको छ, उसले पैसा चलाएको देखिने कुनै कागज नै छैन । अनि यस्तो ट्रयापमा पारेर/परेर कर्णाली डेभलपमेन्ट बैंकको ऋण डुबाइएको छ । बैंकसँग पनि, राष्ट्र बैंकसँग पनि अव यो बैंकलाई अन्तिम अवस्थामा पुगेको बिरामीलाई कुरेजस्तो डुब्ने दिन कुर्नुको कुनै विकल्प छैन ।
अव कर्णाली डेभलपमेन्ट बैंकसँग बैंक टाँट पल्टिएको घोषणा हुने दिन कुर्नुबाहेक कुनै विकल्प छैन । सोझासाझा जनता ऋणमा डुबे, जसको थाप्लोमा करोडौँ ऋण छ, तर साथमा फुटेको कौडी छैन । ऋण लिएका कम्पनीहरु कागजमा मात्र छन्, संचालनमा छैनन् । ऋणी फेक छन्, कम्पनी फेक छन्, कागज फेक छन्, रोक्का फेक छन्, तमसुक फेक छन्, प्रक्रिया फेक छन् । र त बैंकले अव कारोबार गर्नु हुन्न भनेर राष्ट्र बैंकले कारोबार नै रोक लगाइदिएको छ । र स्थिति यस्तो छ, अव कर्णाली डेभलपमेन्ट बैंक पनि इतिहासमा कतै थियो रे भन्ने स्थिति आउँदैछ । क्यापिटल मर्चेन्ट, कुवेर फाइनान्स, नेपाल सेयर मार्केट फाइनान्सजस्तै बैंक घोटालाको उदाहरणमा कर्णाली डेभलपमेन्ट बैंक पनि थपिने निश्चितप्रायः बनेको छ ।
राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई डुबाउने काम गर्नेहरुलाई कारवाही गरोस्, सोझासाझाका नाममा जसरी ऋण प्रवाह भएको छ, उनीहरुमाथि थप अन्याय नहोस् । बैंक डुबाउने खेलमा को को छन्, उनीहरुको जेलमा बास होस्, बैंकको होइन, बैंक डुबाउनेहरुको सत्यानास होस् । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्