काठमाडौँ । सेयर विश्लेषक मनिष अर्यालले राष्ट्र बैंकले समस्याउन्मुख घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंकमा जोखिम भएको बताएका छन् । अर्थ सरोकार डटकमका साप्ताहिक कार्यक्रम ‘बजार विमर्श’मा बोल्दै अर्यालले यस्तो बताएका हुन् ।
उनले वित्तीय अवस्था साह्रै झुर देखिएपछि राष्ट्र बैंकले शिघ्र सुधारात्मक कारवाहीसमेत गरिसकेको कर्णालीमा अहिले सेयर खेलाडीहरु लागेको बताएका छन् ।
कर्णाली ‘लो क्याप’ कम्पनी भएकाले कम्पनीको सेयर मूल्य उचाल्न धेरै पैसा चाहिँदैन । अर्थात, केही पैसावाल खेलाडीहरुले यसको सेयर सहजै माथि उचाल्न सक्छन् । तर, त्यही कुराको फाइदा उठाएर अहिले कर्णालीको सेयर मूल्य अस्वभाविक रुपमा उचालिएको छ । अझ राष्ट्र बैंकले कारवाही गरेको दोस्रो दिन नै कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट नै लगाइएको थियो ।
यसले उक्त कम्पनीमा अहिले खेलाडीहरु लागेको स्पष्ट पार्ने अर्यालको भनाई छ । उनले सकेसम्म कर्णाली डेभलपमेन्ट बैंकको सेयर हुनेहरुले सेयर बेच्नु नै बुद्धिमानी हुने बताएका छन् ।
राष्ट्र बैंकको कारवाही भोगिरहेको बैंकको वित्तीय अवस्था साह्रै झुर भएको र राष्ट्र बैंकले दिएको ६ महिनामा पनि रिकभर हुने छाँटकाँट नदेखिएको भन्दै उनले ढिलोचाँडो कम्पनी टाँट पल्टिन सक्ने भन्दै कम्पनीको सेयर बेचेर राम्रो कम्पनीमा प्रवेश गर्न सुझाव दिएका छन् । तर, मूल्य बढिरहेको छ होल्ड गर्छु भन्नेहरु ढिलोचाँडो डुब्ने निश्चित भएको पनि अर्यालले बताएका छन् । थप कुराकानी भिडियोमा हेर्नुहोस्ः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्