Skip to content
LAXMI SUNRISE BANK

कर्णाली डेभलपमेन्ट बैंक ‘समस्याउन्मुख’, सबै कारोबारमा रोक, निक्षेपकर्ताको निक्षेप र लगानीकर्ताको लगानी जोखिममा !

अर्थ सरोकार

काठमाडौँ । के तपाईंको कर्णाली डेभलपमेन्ट बैंकमा खाता छ ? वा तपाईंले महँगो मूल्यमा कर्णाली बिकास बैंकको सेयर किन्नुभएको छ ? यदि छ भने तपाईंका दु:खको खबर छ । बैंकले दिएको कुल ऋणमध्ये ४० प्रतिशतभन्दा बढी कर्जा खराब भएको प्रमाणित भएपछि नेपाल राष्ट्र बैंकले कर्णाली कर्णाली डेभलपमेन्ट बैंकलाई थप ऋण दिन र थप जनताबाट थप निक्षेप निकाल्न रोक लगाएको छ । बैंकको पुँजी कोष अनुपात नपुगेपछि नियामक राष्ट्र बैंकले कर्णालीलाई शीघ्र सुधारात्मक कारवाही गरेको हो ।

राष्ट्र बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागका अनुसार नेपालगञ्ज बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको तथा निष्कृय कर्जा (एनपीएल) अनुपात ४०.८५ प्रतिशत कायम रहेकाले कारवाही गरिएको जनाएको छ ।

कर्णाली डेभलपमेन्ट बैंकमा २०८१ साउन ६ देखि ११ सम्म राष्ट्र बैंकबाट सम्पन्न टार्गेटेड इन्सपेक्सनमा बैंकले निकै कम मूल्याङ्कनको धितो उपर निकै बढी कर्जा दिएको, फेक धितो राखेर ऋण दिएको, ऋण तिर्न नै नसक्नेका नाममा फेक ऋणी खडा गरी ऋण दिएको लगायतका कारणले बैंकको उठ्नै नसक्ने ऋण नै कुल ऋणको ४०.८५  प्रतिशत रहेको भन्दै बैंकलाई कारवाही गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा नियामक राष्ट्र बैंकले बैंकलाई सुधारात्मक कारवाही गरेको हो ।

मंगलबार एक विज्ञप्ति नै जारी गरेर राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरुमा सुधार गर्ने शर्तमा आजैका मितिदेखि लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारवाही गरिएको जनाएको छ ।

बैंकको स्थिति निकै खराब भए पनि बैंकको सेयर मूल्य भने निकै बढी छ । सोमबारको बजारमा कर्णाली बिकास बैंकको सेयर ८४० रुपैयाँमा कारोबार भएको थियो । सो दिन बैंकको सेयरमूल्य ४५ अंकले बढेको थियो । नेपालका वाणिज्य बैंकको औसत सेयर मूल्यभन्दा झन्डै डबल सेयर मूल्य रहेको यो कम्पनीमा महँगोमा लगानी गरेका लगानीकर्ताको लगानी भने जोखिममा परेको देखिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK