Skip to content
LAXMI SUNRISE BANK

विश्वकै वायु प्रदूषित सहरमध्ये काठमाडौँ ११औं स्थानमा

अर्थ सरोकार

काठमाडौँ । विश्वका बढी वायु प्रदूषित सहरमध्ये काठमाडौँ ११औं स्थानमा परेको छ । ऐयर क्वालिटी इन्डेक्स (एक्यूआई)का अनुसार मंगलबार काठमाडौँको बायु प्रदुषण १५२ एक्यूआई मापन गरिएको छ ।

त्यस्तै, विश्वका बढी वायु प्रदूषित सहरमध्ये पहिलो स्थानमा पाकिस्तानको लाहोर सहर परेको छ । मंगलबार बिहान ११ः३६ बजे लाहोरको एयर क्वालीटी इन्डेक्स ७४४ मापन गरिएको थियो । दोस्रो प्रदूषित सहरमा भारतको नयाँ दिल्ली रहेको छ । नयाँ दिल्लीको एक्यूआई इन्डेक्स २८६ रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआईसम्मलाई सामान्य मानिए पनि त्यसभन्दा माथिको एक्यूआई मानव स्वास्थ्यका लागि हानिकारक हुने बताइएको छ ।

वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले सजग रहन विज्ञहरुले आग्रह गर्ने गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK