×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो (तस्विरहरु)

Artha Sarokar

२५ कार्तिक २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । आइतबार मोरङको विराटनगरमा पक्राउ परेका उनलाई हवाइजहाजमार्फत काठमाडौं ल्याइएको हो ।

नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यही कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटा डिपोर्ट भएकाे प्रहरीले जनाएको छ । नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको प्रहरीको आरोप छ । बाँकी तस्विरमा हेर्नुहोस् :

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी