×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनमोहक लुम्बिनीको विश्व शान्ति स्तूपा (तस्विरहरु)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मनमोहक लुम्बिनीको विश्व शान्ति स्तूपा (तस्विरहरु)

Artha Sarokar

४ मंसिर २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रमुख आकर्षण हो विश्व शान्ति स्तूपा । लुम्बिनी गुरु योजनाको उत्तरी क्षेत्रमा रहेको स्तुपा लुम्बिनी पुग्ने सबै जना पुग्ने स्थल हो । निकै मनमोहक र आकर्षक रहेको स्तुपा मुलुकको सबैभन्दा अग्लो स्तुपा हो ।

यस स्तूपमा भगवान् बुद्धको पवित्र अस्तु धातु स्तूपको गर्भ र गजुरमा प्रतिस्थापित गरिएकाले पनि शान्तिका अनुयाईको आस्था र पवित्र केन्द्र बनेको छ । निप्पोजान म्याहोजी संस्थाका संस्थापक फुजी गुरुले उक्त स्तुप निर्माण गरेका हुन् ।
स्वर्गिय जापानी निचिडात्सु फुजी गुरुले विश्वभरि बनाएका ८० बढी विश्व शान्ति स्तुपमध्ये यो एक हो । ७ बर्ष लगाएर निर्माण गरिएको शान्ति स्तुप ४१.५ मिटर अग्लो र २० मिटर गोलाईको रहेको छ । त्यस्तै, स्तुपको आधार स्तम्ब ५९ मिटर गोलाईको रहेको छ । ९ सय मेट्रिक टन सिमेन्ट लागेको उक्त स्तुपमा २७ हजार स्क्बायर फुट मार्बल प्रयोग गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस् :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी