Skip to content
LAXMI SUNRISE BANK

सनातन हिन्दु धर्ममाथि महालक्ष्मी विकास बैंकको ‘भद्दा मजाक’, छालाको जुत्ता लगाएर भूमि पूजामा सामेल !

अर्थ सरोकार

काठमाडौँ । भाडाको घरबाट सेवा दिँदै आएको महालक्ष्मी विकास बैंकले अब आफ्नै भवन बनाउने भएको छ । बैंकले काठमाडौँ-३० ज्ञानेश्वरमा आफ्नै कार्यालय भवन निर्माण गर्ने भएको हो । 

बैंकले भवन निर्माणका लागि बुधबार भूमि पूजा पनि सम्पन्न गरेको छ । भूमि पूजामा बैंकका अध्यक्ष राजेश उपाध्याय, प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल, बैंकका उच्च व्यवस्थापन समितिका पदाधिकारी, सञ्चालक समितिका सदस्य र कर्मचारीहरुको सहभागिता रहेको थियो । भूमि पूजा सम्पन्न भएको फोटो बैंकले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पनि सेयर गरेको छ । 

तर, भूमि पूजाजस्तो पवित्र कार्यमा पनि बैंक सञ्चालक समितिका सदस्य भने छालाको जुत्ता लगाएर सामेल भएका छन् । बैंकको आफ्नै भवनको शिलान्यास हिन्दु परम्पराअनुसार सम्पन्न गरिएको छ । हिन्दु परम्पराअनुसार पूजाआजा र पवित्र कार्य शुभारम्भ गर्दा छालाको जुत्ता प्रयोग गर्नु अशुभ मानिन्छ । तर, बैंक सञ्चालक समिति सदस्य र बैंकको केही पदाधिकारी छालाको जुत्ता लगाएर पूजामा सामेल भएका थिए । 

पुरोहितका रुपमा लामो अनुभव सम्हालिसकेका पुरोहित आदित्य भण्डारी आस्थाबिना छालाको जुत्ता प्रयोग गरेर गरिएको भूमि पूजनले राम्रो नभइ उल्टै खराब असर गर्ने बताउँछन् । ‘ठाडो भन्दा छालाको जुत्ता लगाएर भूमि पूजन गर्दा वा जगमा पाइला टेक्दा त्यसले अलच्छिन निम्त्याउँछ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने । बुधबार शिलान्यास गरिएको बैंकको उक्त भवन आगामी ९ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

यता हिन्दु धर्मका अध्ययता तथा राष्ट्रिय एकता अभियान नेपालका अध्यक्ष विनय कुमार यादव छालाको जुत्ता लगाएर भूमि पूजन गर्नु वा पूजाआजाको कुनै कार्यक्रममा संलग्न हुनु हिन्दु धर्ममाथिको ठाडो अपमान रहेको दाबी गर्छन् । यो झुक्किएर हुने सामान्य विषय होइन । छालाको जुत्ता लगाएर पूजा गरिएको फोटो जुन हिसाबले प्रचारप्रसार गरिएको छ । यो बैंकको खोल ओढेर हिन्दु धर्ममाथि प्रहार गर्ने नियोजित योजना हुनसक्छ । बैंकले यस विषयमा सार्वजनिक रुपमा माफी माग्नुपर्छ ।’, उनले भने ।

यधपी

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK