काठमाडौँ । सेयर बजार विश्लेषक मनिष अर्यालले नेपाल धितोपत्र बोर्डमा अध्यक्ष हुँदा भन्दा नहुँदै ठिक भएको बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक कार्यक्रम ‘बजार विमर्श’ मा बोल्दै अर्यालले अहिलेको सन्दर्भमा धितोपत्र बोर्डमा अध्यक्ष हुँदा भन्दा नहुँदै ठिक भएको बताएका हुन् ।
उनले बोर्डमा अध्यक्ष आउँदा बजार विस्तारको लागि भन्दा पनि बजारलाई गति सुस्त बनाउने कामहरु हुने भन्दै अध्यक्ष हुँदा भन्दा नहुँदै ठिक भएको उल्लेख गरेका छन् ।
‘अहिलेको सन्दर्भमा धितोपत्र बोर्डको अध्यक्ष नहुँदा सबैभन्दा हानी भएको धेरै कम्पनीको आईपीओ रोकियो भन्ने नै हो ।’, उनले भने, ‘पाइपलाइनमा भएको एक सय मध्ये धेरै कम्पनी कमजोर छन् । अब अध्यक्ष आउनेबित्तिकै भकाभक आईपीओ आउँछन् । सय हाराहारी कम्पनीको आईपीओ आउँदा बजारमा सप्लाइ बढ्छ, यसले सेकेन्डरी बजारबाट ठूलो पैसा बाहिरिन्छ ।’
त्यस्तै, उनले अझ कमजोर कम्पनीहरुको आईपीओ, त्यसमा पनि प्रिमियममा पनि आईपीओ आउँदा फेरी सोझा लगानीकर्ता फस्ने वा ठूलो लगानी जोखिममा पर्ने उल्लेख गरेका छन् । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका अर्यालसँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्