×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालले पायो ऐतिहासिक रेटिङ, दक्षिण एसियाली मुलुकहरुमध्ये सबैभन्दा राम्रो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपालले पायो ऐतिहासिक रेटिङ, दक्षिण एसियाली मुलुकहरुमध्ये सबैभन्दा राम्रो !

Artha Sarokar

७ मंसिर २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालले ऐतिहासिक रेटिङ पाएको छ । विश्वका तीन ठूला रेटिङ कम्पनीमध्ये एक फिच रेटिङ्सले नेपाललाई ऐतिहासिक ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको हो ।

फिच रेटिङ्सले प्रदान गरेको रेटिङ अनुसार नेपाल भारतभन्दा दुई स्थान तल छ । यसले नेपाल भारतबाहेक अन्य दक्षिण मुलुकहरुमध्ये सबैभन्दा राम्रो हो भन्ने देखाउँछ । फिच रेटिङ्सका अनुसार नेपाललाई उक्त रेटिङ विदेशी मुद्रा सञ्चिति उत्कृष्ट भएको र बलियो आर्थिक वृद्धिको प्रक्षेपणका आधारमा प्रदान गरिएको हो ।

कन्ट्री रेटिङ कम्पनीहरुको क्रेडिट रेटिङ गरेजस्तै हो । तर, कन्ट्री रेटिङले कुनै मुलुकको ऋणपत्रमा लगानी गर्दा आउनसक्ने जोखिमहरुबारे जानकारी दिने जानकारहरु बताउँछन् । 

कुनै देशको अनुरोधमा क्रेडिट रेटिङ एजेन्सीले त्यो मुलुकको आर्थिक तथा राजनीतिक वातावरणको स्वतन्त्र मूल्यांकन गर्छ र त्यसलाई रेटिङ प्रदान गर्छ । त्यति मात्रै होइन, विदेशी लगानीकर्ताहरुले कुनै मुलुकमा लगानी गर्नु कत्तिको सुरक्षित छ भनेर मूल्यांकन गर्न त्यो मुलुकको कन्ट्री रेटिङलाई हेर्ने गर्छन् ।

कुनै मुलुकलाई अन्तर्राष्ट्रिय बजारमा ऋणपत्र (बोन्ड) जारी गरी ऋण उठाउनका लागि क्रेडिट रेटिङ अनिवार्य रुपमा चाहिन्छ । साथै मुलुकहरुले विदेशी लगानी आकर्षित गर्न पनि रेटिङ गराउँछन् । अर्थात रेटिङ जति खराब हुँदै जान्छ, त्यति नै उक्त देशले ऋण फिर्ता गर्न सक्दैन भन्ने देखाउँछ । जसले मुलुकमा लगानीको वातावरण बिग्रिने जानकारहरुले बताएका छन् । 

हाल नेपालले इतिहासमै पहिलोपटक पाएको उक्त ऐतिहासिक रेटिङले मुलुकमा लगानीको वातावरण सृजना गर्ने र मुलुकको अर्थतन्त्र झनै सबल हुने विश्वास गरिएको अर्थविद्हरुको भनाई छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी