×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार नेप्से परिसूचक २२.१४ अंकले बढ्यो, ११ अर्ब ३१ करोडमाथिको सेयर कारोबार

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सोमबार नेप्से परिसूचक २२.१४ अंकले बढ्यो, ११ अर्ब ३१ करोडमाथिको सेयर कारोबार

Artha Sarokar

२६ कार्तिक २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ बिन्दुमा पुगेको हो ।

सोमबार नेप्सेमा कुल ३ सय २ कम्पनीको २ करोड ४५ लाख ५७ हजार १ सय ५३ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ३१ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार साहस उर्जा लिमिटेड भएको छ । यस कम्पनीको ३८ करोड १७ लाख ८७ हजार २ सय ४४ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था सहित पाँच कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, इस्टर्न हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी