×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार ३१.३१ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बिहीबार ३१.३१ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

६ मंसिर २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १४ कम्पनीको एक करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब २५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्सको भएको छ । यस कम्पनीको २५ करोड २४ लाख १० हजार ९ सय ६० रुपैयाँ २० पैसा बराबरको भएको छ ।

त्यस्तै, आजको बजारमा समदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, जानकी फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी