काठमाडौँ । कुटपिट गर्ने टोलीका नाइकेले रिसेप्सनमा रहेर फोनमा कुरा गर्दैगर्दा बत्ती निभाउन, र सिसिक्यामरा अफ गर्न निर्देशन दिए । आज यसलाई मार्नुपर्छ भन्दै ८-१० जनाले कुर्सीले प्रहार गरे । एक्कासी बत्ती निभा, सीसी क्यामेरा अफ गर, यसलाई छोड्नुहुँदैन, मार्नुपर्छ भन्ने आवाज सुनियो । चारैतिरबाट ८–१० जनाले कुर्सीले प्रहार गरे । लघुवित्तका फिल्ड कर्मचारी शिवशंकर साह, राजकुमार शर्मा, अर्जुन राजवंशी, मुकेश यादव, राजधारी शर्माले निमिशलाई मरणाशन्न हुनेगरी कुटे।
व्यवहार नबुझी, अनुहारसमेत गतिलोसँग नहेरी कोहि पराई मान्छेले जवर्जस्ती गर भनेर गरेको विवाह जस्तै बिजोग भएको छ यतिबेला लघुवित्तका मर्जर । र हरिबिजोग मर्जरको महाहरिबिजोग नियति देखिएको छ नेरुडे मिर्मिरे लघुवित्तमा । साबिकको नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज भई बनेको नेरुडे मिर्मिरे लघुवित्तमा पोष्ट मर्जरले ल्याएको विमतिपछि सिर्जित गतिविधिले कर्मचारीहरु अराजक मात्र बनेका छैनन्, मान्छे मार्न नै उक्सिएका छन् । आन्दोलन सफल बनाउने नाममा साबिकको अर्को संस्थाबाट आएका कर्मचारीहरूलाई ढोका थुनेर मरणासन्न हुनेगरि कुटपिटको घटनामा स्वयम् संस्थाका हाकिमकोसमेत मिलेमतो भएको दाबीसहित अर्थ सरोकारको सम्पर्कमा आएका पिडितका आफन्तले मर्जरमा भएको विमतिका नाममा आफ्नो मान्छेलाई ज्यानमार्ने बदनियत बोकेर ढोका थुनेर मरणासन्न हुनेगरि कुटपिट गरेको र यो प्रकरणमा सिइओको मौनताले थप पीडा दिएको गुनासोभित्र पोष्ट मर्जरको लफडा कतिसम्म भयानक हुन्छ भन्ने चित्रण गरेको छ । लघुवित्तको कोशी प्रादेशिक कार्यालयका सहायक निमिष आचार्यलाई कार्तिक १२ गते साबिकको नेरुडेका कर्मचारीहरूले कार्यालयमै सिसिटिभी अफ गरेर, ढोका थुनेर कुटपिट गरेका हुन् ।
अव विस्तृतमा बुझौँ, भएको के हो भन्ने तथ्य ।
साबिकको नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एक भएपछि संस्थामा विभिन्न असहमति राखेर आन्दोलन भइरहेको थियो । आन्दोलन जारी रहेकै बखत संस्थाले आचार्यलाई कोशी प्रादेशिक कार्यालयमा खटाएको थियो । आचार्य त्यहाँ हाजिर हुँदा साबिकको नेरुडेका कर्मचारीहरू धर्नामै थिए । पीडित आचार्यका अनुसार उनी त्यहाँ गएलगत्तै साबिकको नेरुडेका कर्मचारीहरूले उनलाई विभिन्न खालका धम्की दिंदै आएका थिए । यतिसम्मकि साबिकको नेरुडेका कर्मचारीहरूले ‘एकजना कर्मचारी सहिद नभएसम्म आन्दोलन सफल नहुने भयो’ भन्दै अभिव्यक्ति दिँदै आएका थिए । यही क्रममा कार्तिक १२ गते साबिकको नेरुडे लघुवित्तका कर्मचारीको एक टोली आएर करिव ४ बजेको समयमा सिसिटिभी अफ गरी, ढोका थुनेर मरणासन्न हुनेगरि कुटेको पीडितको आरोप छ ।
साबिकको मिर्मिरे र नेरुडे लघुवित्त वित्तीय संस्था मर्ज भई बनेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा पोष्ट मर्जर लफडा चलिरहेको थियो । मर्जरपछि विभिन्न माग राख्दै नेरुडे लघुवित्तका कर्मचारीहरू आन्दोलनमा थिए । आचार्यका अनुसार आन्दोलनरत साबिकको नेरुडेका कर्मचारीले वार्ता सफल भयो भन्दै समझदारी पत्र बनाएका थिए । समझदारी पत्रमा सबै कर्मचारीको तलब २५०० रुपैयाँ वृद्धि गर्ने उल्लेख थियो । प्रदेश प्रमुख राज किशोर चौधरीले सहमति भनिएको विषयमा चासो राखेपछि उनले सो सहमतिपत्रको फोटो खिचेर प्रदेश प्रमुख चौधरीलाई पठाएका थिए । सोहि अनुमतिपत्र ‘कसलाई सोधेर हाकिमलाई पठाईस् ?’ भन्दै उनीमाथि साबिकको नेरुडेका कर्मचारीले कुटपिट गरेका हुन् ।
नेरुडे मिर्मिरे कर्मचारी युनियनका महासचिव मोहम्मद मक्सद अन्सारीले साबिकको नेरुडेका कर्मचारीले सुरुवातदेखि नै हेपाहा प्रवृति देखाएको र ज्याननै मार्ने प्रयास हुँदा पनि संस्थाका एचआर प्रमुखले वास्ता नगर्नु दुर्भाग्यपूर्ण रहेको बताए । उनले नेरुडेका कर्मचारीले मिर्मिरेका कर्मचारीलाई हदैसम्म अपमान गर्ने, विभिन्न धम्की दिने गरेको र अहिले ज्यान मार्ने गरी नै कुटपिट गरेको दाबी गरे ।
आचार्यले आफूमाथि कुटपिट गर्नेहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरीसमेत दिएका छन् । कुटपिटमा संलग्नहरुमध्ये शिव शंकर शाह संस्थाकै डेपुटी सीइओका आफन्तसमेत रहेको पीडित आचार्यको दाबी छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकास जोशीले उक्त घटनामा प्रहरीमा जाहेरी दर्ता भइसकेको र कुटपिटमा संलग्नहरुको खोजीकार्य भइरहेको बताएका छन् ।
अभियुक्तहरुलाई अनुसन्धानपछि अपहरण, कुटपिट शरीर बन्धक, ज्यान मार्ने उद्योग लगायतका कसुरको मुद्धा लाग्न सक्छ । अभियुक्तहरुको कसुर प्रमाणित भएमा उनीहरुलाई साँढे ८ बर्षसम्म लामो जेल सजाय हुने कानुनी व्यवस्था छ । कार्यालयभित्र मरणासन्न हुनेगरि कुटपिटको घटना भएको एक साता बित्न लाग्दा पनि केन्द्रीय कार्यालयका हाकिहरुले घटनाबारे कुनै चासो नदेखाएको दुखेसो पीडीतको छ । कुटपिटमा संग्लग्नहरु आफ्नै आफन्त परेपछि सकेसम्म यो केस दबाउन हाकिमहरु नै लागेकोसमेत आरोप हाकिममाथि लागेको छ ।
यता पूरै संस्था नै आफ्नो जिम्मामा लिएर बसेका लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भोजराज बस्याल यो विषयमा थप नबोलौं भनिरहेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै सीईओ बस्यालले उक्त घटनाबारे प्रहरी र लघुवित्तले पनि अनुसन्धान गरिरहेकोले आफु थप नबोल्ने अडान लिएका हुन् । लघुवित्तका कर्मचारीले मान्छे मार्ने प्रयास भएर कुटिएका कर्मचारी अस्पतालमा हुँदा पनि आफ्ना कर्मचारी भेट्न समेत नगएको गुनासो सीइओमाथि छ । स्वयम् सिइओले पनि आफू नै अस्वस्थ भएकाले बिरामीलाई भेट्न जान नपाएको स्वीकार्दै आफूले टिम पठाएको दाबी गरेका छन् । उक्त घटना भएदेखि हालसम्मको सम्पूर्ण विषयमा जानकार भएको भन्दै उनले घटनाप्रति आफ्नो चासो भएको र बिरामीको उपचार संस्थाले नै गर्ने दाबीसमेत गरेका छन् ।
यसो त यो घटनामा कम्पनीका डेपुटी सीइओले आफ्ना मान्छे लगाएर कर्मचारीमाथि कुटपिट गर्न लगाएको आरोपसमेत छ । तर लघुवित्तका डेपुटी सीइओ भागनारायण साहु दोषी जो भए पनि कारवाही हुनुपर्ने दाबी गर्छन् ।अव उनले साँचो अर्थमा यसो भनेका हुन्, वा तँ कुटेजस्तो गर म रोएजस्तो गर भन्ने शैलीमा नाटक गरेका हुन्, त्यो अनुसन्धानले पक्कै देखाउला । तर पिडितले गरेको दाबी र कुट्नेमध्येका एक डेपुटी सीइओका नातेदार पर्छन् भने उनीमाथि पनि अनुसन्धान हुनैपर्छ ।
यता लघुवित्तका भर्खर अध्यक्ष बनेका मनि कुमार अर्ज्यालमाथि पनि फलानोलाई यो केसमा नमुछ, फलानो फलानोको मात्र नाम जाहेरीमा राख भनेर दबाब दिएको आरोप छ । तर आफुमाथि यस्तो गम्भीर आरोप लागिरहँदा अर्ज्याल भने सम्पर्कमै आईरहेका छैनन् ।
नेरुडे मिर्मिरे लघुवित्तमा महिनौंदेखि रमिता चलिरहेको छ । यसअघिका अध्यक्षलाई नेपाल राष्ट्र बैंकले कारवाही गरेर निकाल्यो । आफुमाथि षड्यन्त्र गरेर गैरकानुनी कारवाही गरेको भन्दै तत्कालीन अध्यक्ष टेक बहादुर बोहोरा अदालत गए । अदालतले उनलाई सफाई दिएपछि र राष्ट्र बैंकको कारवाही गलत थियो भनेपछि उनी पुन: कम्पनीको अध्यक्ष भए । तर आफुविरुद्ध मुद्धा हाल्नेलाई सपथ नखुवाउने भन्दै राष्ट्र बैंकका अधिकारीहरुले अड्डी कसेपछि बोहोराले राजिनामा दिए र अहिले अर्ज्याल लघुवित्तको अध्यक्ष छन् ।
कम्पनीका डेपुटी सीइओ पनि विवादमा छन् । सीइओ झन् विवादमा छन् । विवादै विवादले गिजोलिएका मिन बहादुर बोहोराले भर्खर जागिर नवीकरण नभएपछि संस्था छोडेका छन् । त्यसअघिका सीइओको विवादको विषय बताउन अर्को घण्टा लाग्छ । मर्जरपछि त झन् साखैपिच्छे रडाको मच्चिएको छ । अहिलेका सीइओ यो सब मिलाउन असमर्थ देखिएका छन् । बोर्डदेखिको झगडा तल कर्मचारी तहसम्म आईपुगेको छ । परिणाम, संस्था दिनानुदिन जर्जर बन्दैछ ।
संस्थामा विवाद भए मिलाउन सकिन्छ । आन्दोलनमा माग राख्न पनि पाइन्छ । तर कुनै पनि बहानामा मान्छे कुट्न, शरीर बन्धक गर्न पाइन्न, यो अपराध हो । यस्तो जघन्य अपराधमा संग्लन जो भए पनि कारवाहीको भागिदार हुनुपर्छ । फलानो मेरो भतिज परेछ, वा फलानो मेरो साइडको परेछ भनेर हेर्ने वा उक्साउनेहरु पनि अनुसन्धानको दायरामा आउनुपर्छ । किनकि मान्छेको ज्यान भन्दा ठुलो कुनै कम्पनीको पद, कुर्सी, आन्दोलन वा माग हुनै सक्दैन । भिडियो:
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्