काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ४.९८ अंकले बढेर २७५३.७६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २६ कम्पनीको २ करोड ४४ लाख २६ हजार ९ सय कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ७२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङ्गादि ग्रुप पावरको भएको छ । यस कम्पनीको ४५ करोड १७ लाख १० हजार ३ सय ७२.७० रुपैयाँ बराबरको भएको छ ।
त्यस्तै, आजको बजारमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आइतबार उन्नति सहकार्यसहित दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
यता, समृद्धि फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । आज समृद्धि फाइनान्ससहित दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्