×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्मचारी आन्दोलनले टाँट पल्टिने बाटोमा नेरुडे मिर्मिरे लघुवित्त, घाटामात्रै २६ करोड बढी, खराब कर्जाले सीमा नाघ्यो 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कर्मचारी आन्दोलनले टाँट पल्टिने बाटोमा नेरुडे मिर्मिरे लघुवित्त, घाटामात्रै २६ करोड बढी, खराब कर्जाले सीमा नाघ्यो 

Artha Sarokar

३ मंसिर २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । संस्थामा देखिएको पोष्ट मर्जर लफडाका कारण नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था टाँट पल्टिने अवस्थामा पुगेको छ । साबिकको नेरुडे र मिर्मिरे लघुवित्त मर्ज भएर बनेको नेरुडे मिर्मिरे लघुवित्तमा पोष्ट मर्जर लफडाकै कारण संस्था टाँट पल्टिने अवस्थामा पुगेको हो । 

मर्जरपछि संस्थाभित्र पोष्ट मर्जर लफडाले निम्त्याएको कर्मचारी आन्दोलनका कारण संस्था लयमा चल्न सकेको छैन । जुन कुरा स्वयम् लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भोजराज बस्यालले स्वीकारेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले पोष्ट मर्जरले सृजित गरेको लफडाले गर्दा संस्था निर्वाध रुपमा सञ्चालन हुन नसकेको स्वीकारेका हुन् । 

स्वयम् संस्थाका सीईओले संस्था लयमा चल्न नसकेको अभिव्यक्ति दिइरहेका बेला लघुवित्तले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा संस्थाको अवस्था बिजोग देखिनुले संस्था टाँट पल्टिने अवस्थामा पुगेको स्पष्ट देखाएको छ । 

लघुवित्तको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा १ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको नेरुडे मिर्मिरे चालु आर्थिक वर्षको असोज मसान्तसम्म २६ करोड ११ लाख रुपैयाँ घाटामा गएको छ ।

समीक्षा अवधिमा लघुवित्त घाटामा मात्रै गएको छैन, बरु लघुवित्तको खराब कर्जा ५.५२ प्रतिशतबाट बढेर १६.१४ प्रतिशत पुगेको छ । यसले संस्थाको रिकभरी साह्रै बिग्रिएको र यही कारण संस्था टाँट पल्टिने अवस्थामा पुग्ने देखिएको जानकारहरु बताउँछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी