काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराएको छ ।
मंगलबार प्रहरीले लामिछानेलाई जिल्ला अदालत कास्कीमा तेस्रो पटक म्याद थपका लागि उपस्थित गराएको हो ।
लामिछानेसँगै प्रहरीले छवि जोशी र सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लिला पछाईं र नेचर हर्ब्सका रामबहादुरलाई पनि अदालतमा उपस्थित गराएको छ । हाल न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपमाथि बहस सुरु भएको छ ।
यता रविलाई अदालतमा उपस्थित गराइँदै गर्दा पोखरामा रास्वपाका समर्थकले भने चर्को नाराबाजी गरेका छन् । उनीहरुले सहकारी पीडितलाई न्याय दे, न्याय मार्न पाइँदैन, रवि लामिछानेलाई रिहाई गर लगायतका नारा लगाएका छन् । रवि पक्राउ परेसँगै रास्वपाका समर्थकले प्रदर्शन गर्दै आएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्: