काठमाडौँ । मंगलबार पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थकमाथि अश्रुग्यास प्रहार गरिएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै गर्दा रास्वपा समर्थकले पोखरामा प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा रास्वपाका नेता तथा कार्यकर्ताले रत्नचोक हुँदै वाइचोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारी तितरबितर भएका थिए । केहीबेर प्रहरी र प्रदर्शनकारीबीच मुठभेटको अवस्था सृजना भएको थियो ।
हाल लामिछानेसँगै प्रहरीले छवि जोशी र सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लिला पछाईं र नेचर हर्ब्सका रामबहादुरलाई पनि अदालतमा उपस्थित गराएको छ । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपमाथि बहस सुरु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्