×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘राष्ट्र बैंक अल्छी भयो, मौद्रिक नीतिको समीक्षाले अपेक्षा पूरा नगर्दा बजार केही दिन घट्न सक्छ’- अजयसिंह थापा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

‘राष्ट्र बैंक अल्छी भयो, मौद्रिक नीतिको समीक्षाले अपेक्षा पूरा नगर्दा बजार केही दिन घट्न सक्छ’- अजयसिंह थापा

Artha Sarokar

१४ मंसिर २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर विश्लेषक अजयसिंह थापा (जय शम्भो)ले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले लगानीकर्तालाई केही निराश भएको बताएका छन् । 

उनले शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामा कुनै पनि नीति फेरबदल नहुँदा खासगरी सेयर बजारका लगानीकर्तालाई केही निराश बनाएको बताएका हुन् । 

‘राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा केही न केही नीति संशोधन गर्नुपर्थ्यो । आन्तरिक माग बढाएर अर्थतन्त्रलाई थप बलियो बनाउन मौद्रिक नीतिको समीक्षाले केही मद्दत गर्छ भन्ने अपेक्षा पनि व्यवसायी र लगानीकर्ताले गरेका थिए ।’, उनले भने, ‘तर समीक्षामा केही पनि फेरबदल भएन । धेरै अपेक्षा गरेका बेला केही नहुँदा सेयर लगानीकर्ता थोरै भए पनि निराश भएका छन् ।’ 

त्यस्तै, उनले आन्तरिक माग बढिरहेको, उद्योग-व्यवसाय चलिरहेको, घरजग्गा कारोबार बढिरहेको, सेयर बजारमा उत्साह देखिइरहेको भए केही नगर्दा पनि हुने तर्क गर्दै अहिलेको परिस्थितिमा मौद्रिक नीतिको समीक्षाले केही नीतिमा खुकुलो गरेको भए अर्थतन्त्र र बजार थप बलियो हुनसक्ने बताएका छन् । 

‘अहिले आन्तरिक माग छैन, उद्योग-कलकारखाना आधा क्षमतामा चलिरहेका छन्, व्यापार व्यवसाय खासै राम्रोसँग चलेका छैनन्, घरजग्गा र स्टक मार्केटमा पनि खासै प्रगति देखिएको छैन । यस्तो अवस्थामा मौद्रिक नीतिको समीक्षामा केही फेरबदल नहुँदा राष्ट्र बैंकले सबै यस्तै चलोस् भन्ने चाहेको जस्तो देखियो ।’, थापाले भने, ‘समीक्षामा केही न केही खुकुलो नीति लिन सकिने ठाउँ चाहिँ थियो, जुन लिइएन ।’

मौद्रिक नीतिको समीक्षामा केही पनि नीतिगत फेरबदल नहुँदा सेयर बजारमा केही दिन प्रभाव पर्न सक्ने थापाको भनाई छ । उनले धेरै सेयर लगानीकर्ताले मौद्रिक नीतिमाथि अपेक्षा गरेका बेला लगानीकर्ताकै अपेक्षा सम्बोधन नभएपछि केही दिन बजारमा करेक्सन देखिन सक्ने पनि बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी