×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रास्वपाले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रास्वपाले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

Artha Sarokar

२८ कार्तिक २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ । 

बुधबार पार्टी कार्यालय वनस्थलीमा २ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

सहकारीको रकम ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा पार्टी सभापति समेत रहेका रवि लामिछानेमाथि अनुसन्धान जारी छ । यसबीचमा रास्वपाले लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको भन्दै पक्राउको विरोधमा आन्दोलन गर्दै आइरहेको थियो ।

उक्त कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र रहेको रास्वाको ठम्याइ छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी