×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आधारभूत सहकारीमा करोडौँ हिनामिना, श्रीमान-श्रीमती नै ठगिका मुख्य मतियार !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आधारभूत सहकारीमा करोडौँ हिनामिना, श्रीमान-श्रीमती नै ठगिका मुख्य मतियार !

Artha Sarokar

२० कार्तिक २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आधारभूत बहुउद्देश्यीय सहकारी संस्थामा करोडौँ रकम अपचलन भएको पाइएको छ । काठमाडौँ-२२ स्थित उक्त सहकारीमा संस्थाका अध्यक्ष खड्क बहादुर देवकोटा र उनकी श्रीमती सविना वाग्लेकै मिलेमतोमा करोडौँ रुपैयाँ हिनामिना भएको पाइएको हो । 

देवकोटाकी श्रीमती सहकारीको व्यवस्थापकसमेत हुन् । सहकारीमा देवकोटा र उनकी श्रीमतीको नाममा ४६.३६ प्रतिशत सेयर रहेको देखिएको छ । जुन कानून विपरीत हो । 

सामाखुसी र कलंकीमा सेवा केन्द्र स्थापना गरेको उक्त सहकारीले बिना धितो करोडौँ रुपैयाँ ऋण प्रवाह गर्नुका साथै अधिकांश ठूलो ऋण सामूहिक जमानीमा कर्जा प्रवाह गर्ने गरेको पाइएको छ । 

यतिमात्र होइन, सहकारीले सहकारीका बचतकर्ता सदस्यहरुको पैसा र तिरेको अतिरिक्त शुल्कसमेत नियमविपरीत प्रयोग गर्ने गरेको पाइएको छ । साथै नाम बहुउद्देश्यीय भए पनि सहकारीले बचत र ऋणको मात्रै काम गर्ने गरेको बताइएको छ । यसले सहकारीको उद्देश्य आर्थिक हिनामिना गर्ने हो भन्ने आरोपमा थप बल पुग्ने बचतकर्ताहरुले बताएका छन् । 

हाल उक्त सहकारीमा भएको रकम हिनामिना प्रकरणबारे थप अध्ययन गर्न काठमाडौँ महानगरको सहकारी विभागले फाइल सीआईबी पठाएको छ । योसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप अनुसन्धान गर्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी