काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले सेयर लगानीकर्ताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
मङ्गलबार बोर्ड अध्यक्षको पद तथा गोपनियताको सपथ ग्रहण गर्दै श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले आफू बोर्डमा विस्तृत कार्ययोजना र लक्ष्य लिएर आएकोले अध्यक्षको कार्यकालभर सेयर लगानीकर्ताको सुरक्षालाई ध्यानमा राखेर समग्र बजारको विकास र वृद्धिका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
श्रेष्ठलाई मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेलले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।