काठमाडौँ । सेयर बजारका बादशाह वारेन बफेटले १ अर्ब १० करोड डलर दान गरेका छन् । उनले आफ्नो जीवनकालमा विभिन्न संघसंस्थाहरुलाई सो रकम दान गरेका हुन् ।
बफेटले बर्कशायर हाथवेको ए वर्गको १ हजार ६ सय कित्ता सेयरलाई बी श्रेणीको २४ लाख कित्ता सेयरमा रुपान्तरण गर्ने र यी सेयरहरुलाई विभिन्न चार पारिवारिक संस्थाहरुलाई वितरण गर्ने घोषणा गरेका छन् ।
त्यस्तै, उनले १५ लाख कित्ता सेयर सुसान थम्पसन बफेट फाउन्डेसनलाई दिने भएको छन् । त्यसबाहेक बफेटले बाँकी रहेको सेयरमध्ये ३/३ लाख कित्ता सेयर शेरवुड फाउन्डेसन, जी बफेट फाउन्डेसन र नोभो फाउन्डेसनलाई दिने भएका छन् ।
९४ वर्षीय बफेटले बर्कशायर ह्याथवेका सेयरधनीहरुसँग मृत्युपछि आफ्नो सम्पत्तिको विवरणको विस्तृत योजना प्रस्तुत गर्दै सेयर दान गर्ने घोषणा गरेका हुन् । योसँगै बर्कशायरमा बफेटको ए श्रेणीको सेयर स्वामित्व घटेर २ लाख ६ हजार ३ सय ६३ कित्तामा झरेको छ । हालसम्म बफेटले बर्कशायरमा भएको आफ्नो कुल सेयरको करिब ५७ प्रतिशत सेयर दान गरिसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्