काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १.८८ अंकले घटेर २६७५.५१ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २० कम्पनीको एक करोड १६ लाख ८ सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब २२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्सको भएको छ । यस कम्पनीको ३५ करोड ३८ लाख ३९ हजार २ सय ६८. ७० रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्से सूचक घटेपनि बुधबारको बजारमा नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, कुथेली बुखरी स्माल हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्