काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजारमा हरियाली देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ६२. ५४ अंकले बढेर २७३८.०६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २५ कम्पनीको २ करोड २४ लाख ७४ हजार २ सय ८१ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ७७ करोडमाथिको सेयर कारोबार भएको छ । आज नेप्से सूचकमा बढोत्तरी हुँदा सबै सूचकमा हरियाली छाएको छ ।
आइतबार सबैभन्दा धेरै कारोबार सानिमा जीआइसी इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ३८ करोड ४ लाख ३७ हजार ८ सय ३१ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, आज गुराँस लघुवित्त वित्तीय संस्था सहित तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, सानिमा ग्रोथ फण्डका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्