×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकको कारवाहीमाथि सेयर खेलाडीको ‘च्यालेन्ज’, समस्याउन्मुख कर्णाली डेभलपमेन्ट बैंकमा ‘पोजेटिभ सर्किट’ ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राष्ट्र बैंकको कारवाहीमाथि सेयर खेलाडीको ‘च्यालेन्ज’, समस्याउन्मुख कर्णाली डेभलपमेन्ट बैंकमा ‘पोजेटिभ सर्किट’ ! 

Artha Sarokar

१२ मंसिर २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गरेको कार्वाहिलाई सेयर खेलाडीले च्यालेन्ज गर्दा कार्वाहिको भोलिपल्टै सो बैंकको सेयर मूल्यमा ‘पोजेटिभ सर्किट’ लागेको छ ।

कार्वाही भोगेको पहिलो दिन सेयर मूल्यमा गिरावट आए पनि दोस्रो दिन भने पैसावाल खेलाडीहरुले ठूलो परिमाणको कित्ता बाई राख्दै सेलमा आएका केही कित्ताहरु खाइदिएपछि कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

मंगलबार मात्रै राष्ट्र बैंकले कर्णालीलाई कार्वाही गर्दै सम्पूर्ण वित्तीय कारोबार रोक्का गरेको थियो । सम्पूर्ण बैंकिङ कारोबार रोक्का भएपछि सेयर मूल्य निकै कममा आउने संकेत देखिएका बेला ठूला सेयर खेलाडीहरुले ठूलै परिमाणको सेयर बाइ राखेर कम्पनीको मूल्यमा उल्टै उछाल ल्याइदिएका हुन् ।

राष्ट्र बैंकले कर्णालीलाई सुध्रन भन्दै ६ महिनाको समय दिएको छ । तर, यो कम्पनीमा सबैभन्दा ठूलो चलखेल पनि यही ६ महिनाभित्र हुने जानकारहरु बताउँछन् । ‘लो क्याप’ कम्पनी भएकाले यो कम्पनीको सेयर मूल्य उचाल्न केही सेयर खेलाडी वा ठूलो परिमाणमा पैसा भएका केही खेलाडी पनि काफी हुन्छ ।

यसअघि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कार्वाही गरेपछि तत्कालीन क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयर किन्दा सो कम्पनी समस्याग्रस्त घोषणा भएसँगै सेयर लगानीकर्ताको करोडौँ रुपैयाँ फसेको थियो । तत्कालीन नेपाल सेयर मार्केट फाइनान्समा पनि ठूलो संख्यामा लगानीकर्ता फसेका थिए । अहिले कर्णाली डेभलपमेन्ट बैंकमा पनि यसैगरी सेयर लगानीकर्ता फस्ने त होइनन् ? भन्ने आशंका बढेको छ । भलै, कानुनअनुसार किन्नेले सेयर किनिदिएपछि, पैसावाल लगानीकर्ताले पैसाको पावर देखाएपछि यस्ता दृश्यहरु नेपाली सेयर बजारमा पटकपटक देखिँदै आएका छन् ।

यता सो कम्पनीलाई डिलिष्ट गर्नुपर्ने आवाजसमेत उठिरहेको छ । राष्ट्र बैंकले समस्याउन्मुख भनेको कम्पनीमा ठुला सेयर खेलाडीहरुको ट्र्यापमा साना लगानीकर्ता फस्न सक्ने भन्दै नियामक राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डमासमेत यो कम्पनीको कारोबारलाई लिएर चर्चा भईरहेको छ । यता सेयर बजारका अनुभवी लगानीकर्ताहरुलेसमेत यस्तो कम्पनीमा लगानी गर्दा ट्रेडिङको विज्ञता हुन आवश्यक भएकाले साना, नयाँ तथा अनुभव नभएका लगानीकर्ताहरु सचेत हुनुपर्ने बताइरहेका छन् ।

यता कर्णालीमाथि राष्ट्र बैंकले गरेको कार्वाहिलाई केही सेयर खेलाडीहरूले ‘ओपन च्यालेन्ज’ गरेपछि राष्ट्र बैंक थप रुष्ट र सशङ्कित भएर आउँदो मौद्रिक नीतिको समिक्षामा केही कडाइ गर्ने हो कि भन्ने डरसमेत आम लगानीकर्तामा उत्पन्न भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी