×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अपत्यारिलो किर्तिमानी रकम तिर्नेगरी’ सिद्धार्थ बैंक बन्यो एनपिएलको मुख्य प्रयोजक, ‘अध्यक्षको ठाडो आदेश !’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘अपत्यारिलो किर्तिमानी रकम तिर्नेगरी’ सिद्धार्थ बैंक बन्यो एनपिएलको मुख्य प्रयोजक, ‘अध्यक्षको ठाडो आदेश !’

Artha Sarokar

३० कार्तिक २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिद्धार्थ बैंकले नेपाल प्रिमियर लिग (एनपीएल)को मुख्य प्रायोजन गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै एनपीएलको मुख्य प्रयोजक सिद्धार्थ बैंक रहेको जानकारी दिएको छ । 

बैंकसँगको यस्तो सम्झौतासँगै अब एनपीएलको नाम ‘सिद्धार्थ बैंक एनपीएल’ रहने भएको छ । 

क्यानका सचिव पारस खड्काका अनुसार बैंक आगामी पाँच वर्षका लागि एनपीएलको मुख्य प्रायोजक रहनेछ । एनपीएलका लागि बैंकले प्रायोजन गरेको रकम खेलकुदमा कीर्तिमानी रकम भएको बताइएको छ । तर, रकम कति हो ? भन्ने खुलाइएको छैन ।

यता बैंकका एक उच्च अधिकारीले बैंकको व्यवस्थापनले बैंकरले सोच्ने नसक्ने रकम तिर्नेगरी एनपीएलको टाइटल स्पोन्सर नबन्ने राय दिए पनि अध्यक्षको ठाडो आदेशले एनपीएलको मुख्य प्रयोजक बनेको बताएका छन् । ‘सामान्य रुपमा कोही बैंकरले सोच्नै नसक्ने रकम तिर्नेगरी एनपिएलको टाइटल स्पोन्सर बनिएको छ । यसमा बैंकको व्यवस्थापनको राय नगरौँ भन्ने नै थियो । अध्यक्षले जसरीपनि गर्नुपर्छ भनेपछि स्पोन्सर फाइनल गरियो ।’, ती अधिकारीले अर्थ सरोकारसँग भने ।

ती अधिकारीका अनुसार बैंकका अध्यक्षको ठाडो आदेशपछि बैंक निकै ठूलो रकम तिर्न तयार भएको हो । रकम कति हो भन्ने कुरा बाहिर गएको खण्डमा सेयरधनीबाट विरोध आउनसक्ने भन्दै अहिले रकम नखुलाउने सर्त राखिएको छ । ‘व्यवस्थापनको खिन्नताबीच बोर्डमा लगेर निर्णय गरिएको छ ।’, ती अधिकारीले भने । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी