काठमाडौँ । पछिल्लो एक वर्षमा नेपाल राष्ट्र बैंकले साढे ७३ अर्ब रुपैयाँ खुद आय कमाएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा कुल ७३ अर्ब ७६ करोड २३ लाख रुपैयाँ खुद आय कमाएको हो ।
राष्ट्र बैंकले आर्जन गरेको उक्त खुद आयको विवरण आइतबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको छ ।
राष्ट्र बैंकले अर्थ मन्त्रालयमा बुझाएको विवरणअनुसार गत आर्थिक वर्षमा राष्ट्र बैंकले आर्जन गरेको खुद आय अघिल्लो आर्थिक वर्षको तुलनामा २१.९६ प्रतिशत धेरै भएको उल्लेख गरिएको छ ।
यस वर्ष खुद आयबाट आवश्यक कोषहरूमा राख्नु पर्ने रकम छुट्याएर ३७ अर्ब २२ करोड ३८ लाख रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय भएको समेत राष्ट्र बैंकले जनाएको छ ।