×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार १४.१२ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुधबार १४.१२ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

२८ कार्तिक २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से पारिसुचक १४.१२ अंकले घटेर २७३४.८३ बिन्दुमा पुगेको छ ।

नेप्सेमा कुल ३ सय ८ कम्पनीको एक करोड ५३ लाख ६२ हजार २ सय ६ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब  ९१ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार जानकी फाइनान्सको भएको छ । यस कम्पनीको ३३ करोड ८६ लाख ३३ हजार ११.५० रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, आजको बजारमा सप्तकोशी डेभलपमेन्ट बैंक र सृजनशिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, कुथेली बुखरी स्माल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी