Skip to content
LAXMI SUNRISE BANK

मंगलबार ५१.११ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५१.११ अंकले घटेर २७०२.६५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १० कम्पनीको २ करोड २५ लाख ८८ हजार २ सय ४७ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब ४६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङ्गादि ग्रुप पावरको भएको छ । यस कम्पनीको ४६ करोड ६८ लाख ९९ हजार ८ सय ५ रुपैयाँ ७७ पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, ङ्गादि ग्रुप पावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK