काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक १३.९५ अंकले बढेर २७४८.७८ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २१ कम्पनी सेयर २ करोड १६ लाख ६० हजार ६ सय ३९ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब ३२ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार जानकी फाइनान्सको भएको छ । यस कम्पनीको ३५ करोड २४ लाख ९९ हजार ३ सय ८९. १० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, आजको बजारमा गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बिहीबार गुराँस लघुवित्तसहित तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, रावा इनर्जी डेभलपमेन्टका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्