काठमाडौँ । नागरिक लगानी कोषको खुद नाफा बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कोषको खुद नाफा १३.६२ प्रतिशतले बढेको हो । यसअवधिमा कोषले ३० करोड ९ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी अघिल्लो आर्थिक वर्षमा कोषले २६ करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३.७९ प्रतिशतले घटेर ११ करोड ९८ लाख २१ हजार रुपैयाँमा सिमित भएको छ ।
खुद ब्याज आम्दानी घटे पनि कुल आम्दानी र सेवा शुल्क तथा कमिसन आम्दानी बढ्दा यसको खुद नाफामा वृद्धि देखिएको हो । यसअवधिमा कोषको कुल आम्दानी १२.६० प्रतिशतले बढेर ५१ करोड ७० लाख १३ हजार रुपैयाँ पुगेको छ भने सेवा शुल्क तथा कमिसन आम्दानी १८.८६ प्रतिशतले बढेर ३९ करोड १६ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कोषको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४२ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्