×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘महँगो’ धरहरा चढ्नेहरु बढे… (तस्विरहरु) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘महँगो’ धरहरा चढ्नेहरु बढे… (तस्विरहरु) 

Artha Sarokar

१० मंसिर २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सर्वसाधारणका लागि खुला भएको धरहरा चढ्नेहरुको भीड बढेको छ । धरहरा चढ्न महँगो शुल्क तिर्नुपर्ने भए पनि धरहरा चढ्नेहरुको भीड बढेको हो । 

अहिले धरहरा चढ्न नेपाली सर्वसाधारणले दुई सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकले पाँच सय रुपैयाँ र विदेशी पर्यटकले एक हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट अर्थात् १०० रुपैयाँमा टिकट पाउनेछन् ।

यसअघि संविधान दिवस (असोजगतेदेखि) परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो तर गत बिहीबारको मन्त्रिपरिषद् बैठकले धरहरा सशुल्क सञ्चालन गर्ने निर्णय गरेको थियो ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिँदै शुल्क पनि मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको थियो । शहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको हो । बाँकी तस्विरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी