×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको भाउको ओरालो गति रोकिएन, आज पनि २६ सयले घट्यो, व्यवसायी भन्छन् अझै घट्छ

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

सुनको भाउको ओरालो गति रोकिएन, आज पनि २६ सयले घट्यो, व्यवसायी भन्छन् अझै घट्छ

Artha Sarokar

११ मंसिर २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सोमबार किर्तिमानी रुपमा भाउ घटेको सुनको भाउ मंगलबार फेरि घटेको छ । सोमबार १५ हजार ९०० ले घटेको सुनको भाउ मंगलबार थप दुई हजार ६०० ले घटेको छ । यो सँगै सुनको भाउ तोलाको एक लाख ४८ हजार ७ सय रुपैयाँमा पुगेको छ ।

दुई दिनमै तोलामा १८ हजार ५ सय रुपैयाँले घटेको सुनको भाउ अझै घट्न सक्ने व्यवसायीहरुले बताएका छन् । किर्तिमानी घटोत्तरीसँगै थप घटिरहेको सुनको मूल्य अझै घट्ने उनीहरुको दाबी छ । सुनमा लाग्ने भन्सार दर घट्दा सुनको भाउमा किर्तिमानी घटोत्तरी देखिएको हो ।

यता चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला १८२० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २७ हजार ४ सय ८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५६०.५०  रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी