काठमाडौँ । सरकारले गरेको भन्सार घटाउने निर्णयले सुनमात्र नभई दाल र गेडागुडीको भाउसमेत घट्ने भएको छ ।
यसअघि तत्कालीन अर्थमन्त्री वर्षमान पुनले केराउ, चना, सिमी, मास, राजमा, मुसुरो, बकुल्ला, रहर लगायत दाल तथा गेडागुडी आयातमा १० प्रतिशत अग्रिम आयकर तिर्नुपर्ने व्यवस्था बजेटमार्फत गरेकोमा अहिलेको सरकारले त्यसलाई घटाएर २ प्रतिशतमा झारेको हो ।
१० प्रतिशत अग्रिम आयकर लिने व्यवस्थाको दाल उद्योगीले विरोध गर्दै आएका थिए । सरकारले उद्योगीको माग सम्बोधन गर्दै अग्रिम आयकर घटाउने निर्णय गरेको हो । सरकारको यस्तो निर्णयसँगै नेपालीहरुको भान्सा केहि सस्तिने भएको छ ।
सरकारले घटाएको अग्रिम आयकर आइतबारबाट कार्यान्वयनमा आइसकेको भन्सार विभागले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्