Skip to content
LAXMI SUNRISE BANK

‘आईपीओ निष्कासको प्रक्रिया छिट्टै अघि बढ्छ’- अध्यक्ष श्रेष्ठ

अर्थ सरोकार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आईपीओ निष्कासनको प्रक्रिया छिट्टै अघि बढ्ने बताएका छन् । बुधबार बोर्डमा अध्यक्षको पदभार ग्रहण गर्दै श्रेष्ठले बताएका हुन् । 

उनले बोर्डमा स्थायी नेतृत्व नहुँदा आईपीओ काम रोकिएकोबारे आफू जानकार रहेको भन्दै अब आईपीओ निष्कासनको काम प्रक्रियाबाट अघि बढ्ने बताएका छन् ।  

‘आईपीओ निष्कासन गर्ने/गर्न दिने नियमित काम हो । नियमित कामबारे धेरै भनिरहन पर्दैन ।’, अध्यक्ष श्रेष्ठले भने, ‘बोर्डका साथिहरुसँग वस्तुस्थितिबारे बुझ्छु । यो नियमित काम हो, सिष्टम अनुसार नै प्रक्रिया अघि बढ्छ ।’ 

त्यस्तै, उनले लामो समयसम्म बोर्डमा अध्यक्ष नहुँदा आईपीओ निष्कासनको काम रोकिएको भन्ने जानकारी आफूले पाएको भन्दै अध्यक्ष आफू आएसँगै अब नियमित ढंगबाट प्रक्रिया अघि बढ्ने बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK