×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४० रुपैयाँले घट्यो हरियो प्याजको मूल्य, बिहीबार अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

४० रुपैयाँले घट्यो हरियो प्याजको मूल्य, बिहीबार अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

Artha Sarokar

२२ कार्तिक २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज हरियो प्याजको मूल्य घटेको छ ।  हरियो प्याजको मूल्य ४० रुपैयाँले घटेर न्यूनतम प्रतिकेजी ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतीय ठुलो गोलभेडा ९० रुपैयाँ, लोकल सानो गोलभेडा ५५ रुपैयाँ, सानो गोलभेडा (टनेल) ८० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ७५ रुपैयाँ र भारतीय रातो आलु ६० रुपैयाँ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज १२० रुपैयाँ, लोकल गाजर १२० रुपैयाँ, तराई गाजर ७० रुपैयाँ, बन्दा लोकल ५० रुपैयाँ, बन्दा तराई ४० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, रातो मुला ३०, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ६०, तने बोडी ११०, मकै बोडी ७०, घिउ सिमी लोकल ५५, टाटे सिमी ९०, भटमासकोसा ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ६०, लौका ५०, लोकल परवर ५० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ५०, फर्सी पाकेको ३०, भिण्डी ८०, सखरखण्ड ६०, बरेला ३०, पिंडालू ८०, स्कुस १५ रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ४० र तोरीको साग ७० रुपैयाँ, मेथीको साग १४० रुपैयाँ र चमसूरको साग १४० रुपैयाँमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ९०, कन्य च्याउ १८०, डल्ले च्याउ २००, राजा च्याउ २८०, रुख टमाटर २८०, कुरिलो ८००, ब्रोकाउली १४०, चुकन्दर ९०, जिरीको साग १४०, सेलेरी ५००, पार्सले १५००, पुदिना ५००, गान्टे मुला ९०, इमली १४०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खर्सानी हरियो (बुलेट) ११०, खुर्सानी हरियो (अकबरे) २५०, भेडे खुर्सानी १३०, हरियो लसुन ३००, हरियो धनियाँ ८०, चाइनिज सुकेको लसुन ३१०, लसुन सुकेको नेपाली ३३०, छ्यापी सुकेको १४० र छ्यापी हरियो ३०० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, स्याउ(फूजी) २८०, केरा (दर्जन) १६०, कागती १५०, अनार ४५०, अंगुर (कालो) ३८०, सुन्तला (भारतीय) १००, जुनार ३००, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो १२०, हाइब्रिड काक्रो ६०, निबुवा २५, अम्बा १५०, नासपाती (चाइनिज) २३०, मेवा (नेपाली) ४०, लप्सी ४०, शरीफा १५०, किवि २००, आभोकाडो २०० र अमला ६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी