×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘१५ दिनभित्र पैसा नतिरे उद्योगमा लाइन फेरि काट्छौँ’- कुलमान

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘१५ दिनभित्र पैसा नतिरे उद्योगमा लाइन फेरि काट्छौँ’- कुलमान

Artha Sarokar

२८ कार्तिक २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको बक्यौता नतिर्ने उद्योगको लाइन फेरी काट्ने चतावनी दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरुको लाइन फेरि काट्ने चेतावनी दिएका हुन् ।

मन्त्रिपरिषद्को निर्णयअनुसार हालका लागि लाइन काटिएका उद्योगहरुमा लाइन जोडिए पनि तोकिएको समयभित्र बक्यौता नतिरे फेरी लाइन काट्ने कुलमानले बताएका छन् ।

उनले १५ दिनभित्र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउन सरकारले निर्देशन दिएकाले त्यसको कार्यान्वयन आफूले सुरु गरेको भन्दै १५ दिनभित्र तिर्न बाँकी बक्यौता तिर्न पनि उद्योगीहरुलाई आग्रह गरेका छन् ।

त्यस्तै, उनले उद्यागीहरुले बिजुलीको बक्यौता १५ दिन भित्र नतिरे त्यसको जिम्मेवारी सरकार र उर्जा मन्त्रालयले लिनुपर्ने बताएका छन् ।

यसअघि पनि नेपाल विद्युत प्राधिकरणले बिजुलीको बक्यौता नतिरेको भन्दै तीन पटक उद्योगहरुमा लाइन काटेको थियो । पछि सरकारकै निर्देशनमा उद्योगमा लाइन जोडिएको थियो । यसपालि पनि त्यही गरिएको भन्दै कुलमानले बक्यौता नतिर्ने छुट कसैलाई पनि नभए र उठाउनुपर्ने बक्यौता जसरी पनि उठाउने बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी