काठमाडौँ । अर्थ मन्त्रालयका कर्मचारीहरु कतिसम्म गैर जिम्मेवार छन् भन्ने कुराको पछिल्लो प्रमाण शुक्रबार अर्थ मन्त्रालयमा देखिएको छ । मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बोल्ने बेला सबै माइकका ब्याट्री बिग्रिएको पाइएपछि मन्त्रालयमा कतिसम्म गैरजिम्मेवार अधिकारीहरु छन् भन्ने तथ्य प्रमाणित भएको हो ।
सबै माइकका ब्याट्री एकसाथ बिग्रियो !
अर्थमन्त्री पौडेल बोल्ने बेलामा माइकको ब्याट्री बिग्रिएपछि उनले अर्को माइक प्रयोग गर्न खोजेका थिए । सो माइकको ब्याट्रीसमेत बिग्रिएपछि अर्थमन्त्री पौडेलले पुन: अर्को माइक प्रयोग गर्न खोजे । तर प्रयोग गर्न खोजिएको सो माइक पनि बिगिएको पाइएपछि मन्त्री पौडेलले बिना माइक नै बोलेका थिए । सो क्रममा अर्थमन्त्रीले माइकका ब्याट्री फेर्न सार्वजनिक रुपमै निर्देशन दिएका थिए ।
अर्थमन्त्रीले विना माइक बोल्नुपरेपछि एकातर्फ अर्थ मन्त्रालयको सो कार्यक्रम प्रत्यक्ष हेरिरहेका जनताले आफ्नो देशको मन्त्रालयको हबिगत देखेर लज्जाको अनूभूति गरेका छन् भने सो घटनालाई लिएर मन्त्रालयका कर्मचारीसँग मन्त्री पौडेल पनि रिसाएका छन् ।
नेपालले पाएको रेटिङ्गपछि नेपालमा लगानीको स्थिति राम्रो छ भन्ने सन्देश दिन गरिएको पत्रकार सम्मेलनमा माइककै स्थिति राम्रो नभएको पाइएपछि अर्थमन्त्रालयकै बेइज्जत भएको अनुभव त्यहाँ पुगेका पत्रकारहरुले पनि गरेका छन् । पत्रकार सम्मेलन सकिएलगत्तै मन्त्रीले पुन: बिग्रिएका माइक बनाउन वा ब्याट्री परिवर्तन गर्न निर्देशन दिएका छन् । मन्त्रीको निर्देशनपछि मन्त्रालयको हलमा रहेका सबै माइकका ब्याट्री शुक्रबार नै हेर्ने तयारी गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्