×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्जाको माग साह्रै कम हुँदा बैंकहरुलाई तरलता व्यवस्थापनमा सकस, राष्ट्र बैंकले फेरी ५० अर्ब तान्दै

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कर्जाको माग साह्रै कम हुँदा बैंकहरुलाई तरलता व्यवस्थापनमा सकस, राष्ट्र बैंकले फेरी ५० अर्ब तान्दै

Artha Sarokar

२ मंसिर २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट फेरी ५० अर्ब रुपैयाँ तान्न लागेको छ । बैंकहरुमा अत्याधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट आज (आइतबार) ५० अर्ब रुपैयाँ तान्न लागेको हो ।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम तान्न लागेको हो ।

अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि बैंकिङ प्रणालीबाट तरलता तान्न लागिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् ।

राष्ट्र बैंकमा निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्नेछन् ।

अहिले बैंक तथा वित्तीय संस्थामा डिपोजिट बढिरहे पनि कर्जा विस्तार बढ्न नसक्दा बैंकिङ प्रणालीमा पैसा थुप्रिरहेको छ । प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट पैसा तान्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी