काठमाडौँ । नेपालका तीन वटा पाँचतारे होटल बन्द भएका छन् । सञ्चालन खर्च नै उठाउन नसकेपछि नेपालमा खुलेका पाँचतारे होटलमध्ये तीन होटलको सेवा बन्द भएको हो ।
सेवा बन्द हुने पाँचतारे होटलमा पोखराको होटल द फूलबारी लिमिटेड, काठमाडौँको लाजिम्पाटस्थित होटल सांग्रिला र दरबारमाग्रस्थित होटल डेला अन्नपूर्ण रहेका छन् । यी होटलहरु आन्तरिक कारणले बन्द भएको पर्यटन विभागले जनाएको छ ।
विभागका अनुसार बन्द भएको तीन होटलमध्ये अन्नपूर्ण होटलको नवीकरणको अवधि अझै बाँकी रहेकाले अन्नपूर्ण होटलको कानूनी मान्यता भने बाँकी रहेको छ ।
त्यस्तै, हाल बन्द भएको अन्नपूर्ण होटल रहेको स्थानमा २५ तलाको अन्नपूर्ण स्क्वायर होटल निर्माण हुँदैछ । जसको लागत ६ अर्ब रुपैयाँ रहने बताइएको छ । उक्त होटलमा भाटभटेनी, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले लगानी गर्दैछन् । उक्त होटल २०८५ सालदेखि सञ्चालन गर्ने योजना रहेको तयारी गरिएको छ ।
यता फूलबारी र सांग्रिलाको भने नवीकरण अवधि पनि सकिएकोले यी दुवै होटलले पाँचतारे होटलको कानूनी मान्यता नपाउने विभागले जनाएको छ । कोभिड महामारीपछि थलिएका यी होटलहरु त्यसपश्चात उठ्न सकेको छैनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्