काठमाडौँ । अपत्यारिलो पारामा सिटिजन्स बैंकले ‘बैंक अफ दी एयर’को अवार्ड पाएपछि नेपालको बैंकिङ क्षेत्र अचम्मित छ । सिटिजन्सभन्दा राम्रा अन्य बैंकहरु हुँदाहुँदै पनि सो बैंकले नै ‘बैंक अफ दी एयर’ अवार्ड पाएपछि सो अवार्डमाथि नै प्रश्न उठेको छ ।
अर्कोतर्फ यसअघि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले बाँड्ने बिपिए अवार्डमा सेयरधनीलाई बुझाएको वार्षिक विवरण नभई छुट्टै बनावटी विवरण पठाएको पाइएपछि यसपालि पनि बैंकले कतै गलत विवरण बुझाएर ‘बैंक अफ दी एयर’ अवार्ड पाएको त होइन ? भन्ने चर्चा चौतर्फी चलेको छ ।
यसैबीच एक अन्तराष्ट्रिय लगानी विज्ञले सिटिजन्स बैंकले ‘बैंक अफ दी एयर’ अवार्ड पाउनु नेपालका लागि घाटा भएको बताएका छन् ।
त्यस्तै, उनले सिटिजन्स जस्तो कमजोर बैंकले उत्कृष्टताको अवार्ड पाउँदा त्यसले अन्तराष्ट्रिय स्तरमा नेपाली बैंकप्रतिको धारणा गलत हुनसक्ने औँल्याएका छन् । ‘सिटिजन्सले दी बैंकर पत्रीकाले मागेको कागज त मिलाएर दियो होला तर के सिटिजन्स बैंक नेपालकै उत्कृष्ट बैंक हो त ? सिटिजन्स बैंकजस्तो कमजोर बैंकलाई उत्कृष्ट भन्दा नेपाली बैंकप्रतिको धारणा अन्तरास्ट्रिय मंचमा कस्तो जान्छ ?’, अर्थ सरोकारसँग कुराकानी गर्दै ती विज्ञले भने, ‘यो अवार्ड हिजोसम्म प्रतिष्ठित थियो होला, अब त नेपालीलाई प्रत्युत्पादक हुनेछ ।’
अर्कोतर्फ जुन बैंकका कर्मचारीदेखि सीईओ नियुक्तिसम्म विवाद छ, जुन बैंकले सिएसआरको रकमसमेत दुरुपयोग गरेको छ, त्यस्तो बैंकलाई उत्कृष्ट भन्न नमिल्ने अर्का विज्ञको तर्क छ ।
‘जुन बैंकको सिइओको नियुक्तिमै जनस्तरबाट प्रश्न उठेको छ, जुन बैंकका सिइओ देशको नियामकको अनुशासनको कार्वाहिमा परेका छन्, जुन बैंकले सिएसआरको रकमसमेत दुरुपयोग गरेको छ, त्यस्तो बैंकलाई उत्कृष्ट भन्ने ? यसमा राष्ट्र बैंकको सिफारिस चाहिन्न ?’, उनले भने, ‘भोलि कुनै पत्रिकाले राष्ट्र बैंकले कार्वाही गरेको बैंकलाई उत्कृष्ट भनेर अवार्ड देला, त्यसलाई पत्याइदिने ? अनि यो सब देखेर अन्तरास्ट्रिय जगतमा नेपालप्रतिको सन्देश कस्तो जान्छ ? यस विषयमा राष्ट्र बैंकले सोच्नुपर्दैन ?’
यतिसम्म कि सिटिजन्स बैंकले भिरेको उत्कृष्टताको बिल्लाले विदेशी लगानीकर्तालाई बिच्क्याउने काम गरेको र यसले नेपाललाई नै घाटा हुने विज्ञहरुले बताएका छन् ।
सिटिजन्स बैंकलाई बेलायती आर्थिक पत्रिका ‘दी बैंकर’ले बैंक अफ दी एयरको अवार्ड प्रदान गरेको हो । यद्यपि उक्त अवार्डमा नेपालबाट अन्य कुनै पनि बैंकले आवेदन नदिएको र एक्लो दाबेदारका रुपमा प्रस्तुत भएको सिटिजन्सले सो अवार्ड पाएको पाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्